
नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। दिल्लीको पहाड़गञ्जमा किनमेल गर्न गएकी एकजना विदेशी महिलाको ब्याग चोरेको आरोपमा पुलिसले 72 वर्षीया महिलालाई पक्राउ गरेको छ। आरोपी महिला उत्तम नगर निवासी सविता गान्धी उपनाम सरोज गान्धीको रूपमा चिन्हित भएकी छन्।
पुलिस अनुसार गत 21 अक्टोबरको दिन एकजना विदेशी महिलाले अनलाइन उजुरी दर्ता गरेकी थिइन्। ती महिला पहाड़गञ्जको एउटा पसलमा किनमेल गर्न गएकी थिइन् जहाँबाट उनको ब्याग चोरी भएको थियो। ब्यागमा पासपोर्ट, भिसा कागजापत्र, 2600 अमेरिकी डलर, 2.50 लाख रुपियाँ, तीन वटा क्रेडिट कार्ड र सामसङ कम्पनीको मोबाइल फोन रहेको थियो। उजुरी प्राप्त भएपछि पहाड़गञ्ज थानाको सन्तराशन पुलिस स्टेशनको टीमले घटनाको अनुसन्धान शुरु गऱ्यो। यस सम्बन्धमा गत 21 अक्टोबरमा भारतीय दण्ड संहिताको धारा 305 अन्तर्गत एफआईआर दर्ता गरियो।
पुलिसले आरोपीलाई पहिचान गर्न अपराधस्थल र वरपरका क्षेत्रमा रहेका 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको फुटेज विश्लेषण गऱ्यो। अनुसन्धानको क्रममा स्थानीय स्तरमा सूचना सङ्कलन गर्नका साथै सुराकीहरूको सहयोग पनि लिइयो। पुलिसले ती अधिकारीहरूसित पनि सम्पर्क गऱ्यो जसले आरोपी महिलालाई यसअघि पनि अन्य मामिलामा पक्राउ गरेका थिए। यसबाट महिलाको वर्तमान ठेगानाबारे जानकारी पाउन सकियो।
त्यसपछि पुलिसको टीमले गत 24 अक्टोबरमा उत्तम नगरमा छापामारी गरेर सविता गान्धी उपनाम सरोज गान्धीलाई पक्राउ गऱ्यो। जांच गर्दा आरोपीबाट रु. 1,85,500 र 2600 अमेरिकी डलर बरामद गरियो। घटनाको समयमा अभियुक्तले लगाएको लुगा पनि बरामद गरिएको छ, तर महिलाको पासपोर्ट, भिसा कागजपत्र, मोबाइल फोन र तीन वटा क्रेडिट कार्ड अझै बरामद हुन सकेको छैन। पुलिसले यी वस्तुहरूको पहिचान गर्ने प्रक्रिया शुरू गरेको छ। यस मामिलामा अग्रिम जाँच भइरहेको छ।
पुलिस अनुसार अभियुक्त महिला आदतले नै चोर हो जो भर्खरै तिहार जेलबाट रिहा भएकी थिई। महिलाविरुद्ध पहिलाबाटै 14 वटा आपराधिक मामिला रहेको रेकर्ड छ। यसमा वर्ष 2016 मा सरोजिनी नगर पुलिस स्टेशनमा दर्ता गरिएका चोरी र चोरीका सामानहरू राखेको मामिलाहरू समावेश छन्। यसबाहेक वर्ष 2026 मा जनकपुरी मेट्रो, राजा गार्डन मेट्रो एवं कश्मीरी गेट मेट्रो पुलिस स्टेशनमा पनि आरोपविरुद्ध मुद्दा दर्ता गरिएको छ।
अभियुक्त महिलाले आफ्नो बढ्दो उमेरको फाइदा उठाएर मानिसहरूको शङ्का कम गर्ने प्रयास गर्थी। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा