
शिमला, २६ अक्टोबर (हि.स.)। शिमला शहरको सदर पुलिस थाना क्षेत्र अन्तर्गत पर्ने पड़ेचीमा एउटा आवासीय कोठाको दराजमा लुकाएर राखिएको लगभग १६ ग्राम हेरोइन जफत भएको छ। शिमला पुलिसको विशेष टोलीले गोप्य सूचनाका आधारमा आइतवार साँझ कारबाही गर्दै एक व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिस अनुसार, टोलीले पड़ेची स्थित एउटा आवासीय कोठामा नियमानुसार तलासी लिएको थियो। यस क्रममा काठको दराजको माथिल्लो खण्डमा राखिएका दुई वटा डिब्बा पछाड़ी एउटा पारदर्शी प्लास्टिकको पाउच फेला परेको थियो। उक्त पाउचबाट लगभग १६ ग्राम हेरोइन जफत गरिएको छ।
यस मामिलामा पक्रा परेको आरोपीको पहिचान पडेची, जिल्ला शिमला निवासी ध्यान सिंह ठाकुरको छोरा अभिषेक ठाकुरको रूपमा भएको छ।
शिमलाको सदर पुलिस थानामा स्वापक औषधि तथा एनडीपीएस एक्टको धारा २१ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिसका एक अधिकारीले सोमवार आरोपीलाई अदालतमा पेश गरिने जानकारी दिएका छन्। घटनाको अनुसन्धान जारी छ। पुलिसले जफत गरिएको लागुऔषधका सम्बन्धमा थप जानकारी जुटाइरहेको छ।
/ बिशाल