
मोरिगाउँ (असम), 26 अक्टोबर (हि.स.)। असमको मोरिगाउँ जिल्लाको मायङ्ग क्षेत्रमा बहा पहाड़को माथि अवस्थित एउटा शौचालयको ट्याङ्कीबाट 25 वर्षीय युवक जाहिर इस्लामको जलेको शव फेला परेपछि क्षेत्रमा कोकोहोलो मच्चियो। यी युवक विगत एक हप्तादेखि बेपत्ता थिए। पुलिसले यस मामिलामा संलग्न रहेको शङ्कामा जस्मिन नामक एकजना महिलालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।
आज जारी गरिएको आधिकारिक जानकारी अनुसार मोरीगाउँ जिल्लाको खालाभुया गाउँका बासिन्दा जाहिर इस्लाम ब्रोइलर पोल्ट्री फार्मका सञ्चालक थिए। तीन जना सन्तानका पिता चाहिर गत 18 अक्टोबरदेखि नै बेपत्ता थिए। हरसम्भव खोजी गरेपछि उनका परिवारका सदस्यहरूले पुलिसमा बेपत्ता भएको उजुरी दर्ता गराएका थिए।
त्यसपछि पुलिसले यस मामिलामा जाँच शुरू गऱ्यो। जाँचको क्रममा बहा पहाड़माथि अवस्थित शौचालयको ट्याङ्कीबाट उसको जलेको अवशेष बरामद गरियो।
प्रारम्भिक आशङ्कामा युवकको हत्या अन्य ठाउँमा गरेर प्रमाण मेटाउनको लागि उसको शवलाई जलाएको हुनसक्छ। यद्यपि पुलिसले घटनाको कारण र घटनाक्रमको आधिकारिक रूपमा पुष्टि गरेको छैन।
यस सम्बन्धमा पुलिसले एकजना महिलालाई हिरासतमा लिएर जाँचबुझ शुरू गरेको छ। पुलिस मामिलाको विस्तृत अनुसन्धानमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा