
मेदिनीपुर, 26 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना अन्तर्गत कृष्णपुर क्षेत्रमा सोमवार बिहान रेलको चपेटामा परी एकजना गृहिणीको मृत्यु भयो। मृतकको पहिचान मिठु मैती (22) को रूपमा भएको छ। घटनापछि क्षेत्रमा चर्चा चुलिएको छ।
स्थानीयहरूले बताए, सोमवार बिहान कृष्णपुर क्षेत्रको रेलवे ट्रयाकमा गृहिणीको शव लड़िरहेको देखियो। सूचना पाएपछि रेलवे पुलिसका अधिकारीहरू घटनास्थलमा पुगे। त्यसपछि पुलिसले शवलाई कब्जामा लियो।
तथापि महिलाको मृत्यु कुन परिस्थितिमा भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन। यो दुर्घटना हो वा यसको पछाडि अन्य कुनै कारण छ, रेल पुलिसले अनुसन्धान गरिरहेको छ। मृत्युको वास्तविक कारण पत्तो लगाउन शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा