
नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध कङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले गरेको कथित टिप्पणीको विरोधमा सोमवार भारतीय जनता पार्टी (भाजपा) का दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्राको नेतृत्वमा पार्टीक वरिष्ठ नेता एवं कार्यकर्ताहरूले राजा जी मार्गमा प्रदर्शन गरे।
भाजपाका नेताहरू सेना भवन सर्कल, राजा जी मार्ग, विजय चोक नजिकै भेला भएर कङ्ग्रेस तथा यसका अध्यक्ष मल्लिकार्जुन खड़गेको विरोधमा प्रदर्शन गरे। खड़गेले प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्धमा आपत्तिजनक शब्द प्रयोग गरेको आरोप भाजपले लगायो।
विरोध प्रदर्शन अवधि दिल्ली पुलिसले दिल्ली भाजपाका अध्यक्ष हर्ष मल्होत्रा, उपाध्यक्ष राजेश भाटिया, महासचिव मोहनलाल गिहारा तथा अन्य नेताहरूलाई हिरासतमा लियो। पुलिसले ती सबैलाई मन्दिर मार्ग पुलिस स्टेशनमा लिएर गयो।
भाजपाका नेताहरूले कङ्ग्रेस अध्यक्षको टिप्पणीप्रति विरोध व्यक्त गर्दै यसलाई प्रधानमन्त्रीमाथि अनुपयुक्त भाषाको प्रयोग बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा