
गुवाहाटी, 26 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सोमवार दरङ्गको परम्परागत लोक नाट्य कला खुलिया भाओनालाई राज्यको आत्मसम्मान, सम्पदा एवं सांस्कृतिक पहिचानको अनौठो प्रतीक बताए।
सामाजिक सञ्जालको एउटा पोस्टमा मुख्यमन्त्रीले भने, असमको लोक-संस्कृतिलाई समृद्ध बनाउने यो परम्परागत लोकनाट्य कलाले शताब्दीऔंदेखि मानिसहरूमा धार्मिक चेतना, सामाजिक मूल्यमान्यता एवं जीवनको गहिरो सन्देशलाई प्रसार गर्दै आएको छ।
यस अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, यसलाई व्यापक रूपमा प्रचार गर्नु तथा नयाँ पुस्तामा यसको बारेमा चासो अनि चेतना जगाउनु सबैको सामूहिक जिम्मेवारी रहेको उनले बताए।
सरमाले बल दिँदै भने, परम्पराहरूको जरालाई बलियो बनाइराख्न आवश्यक छ ताकि आउँदो पुस्ताहरूले उनीहरूको समृद्ध सांस्कृतिक सम्पदालाई गर्वका साथ जान्न, बुझ्न र अगाड़ि बढाउन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा