
जम्मू, 26 अक्टोबर (हि.स.)। जम्मूको शिव मार्केटमा आइतवार र सोमवारको मध्य राती आगलागी भयो जसमा करिब 12 वटा पसलहरू जलेर खरानी भएको छ। आगलागीको सूचना पाउनसाथ फायर ब्रिगेड र आपतकालीन सेवाका केही वाहनहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरूले केही प्रयास गरेपछि आगोलाई निभाउन सफल भए। सौभाग्यवश घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।
सम्बन्धित विभागका एक अधिकारीले बताए, आइतवार मध्यरातमा शिव मार्केटमा आगलागी भएको सूचना प्राप्त भएको थियो। त्यसको लगत्तै दमकलका केही वाहनहरूलाई घटनास्थल तर्फ प्रस्थान गराइो। आगलागीको भयावहतालाई ध्यानमा राख्दै करिब आठदेखि दश वटा दमकल वाहनहरूलाई आगो निभाउने अभियानमा खटाइयो। केही घण्टौँको प्रयासपछि आगोलाई नियन्त्रित गरियो।
अधिकारी अनुसार आगलागीबाट करिब 12 वटा पसलहरूलाई क्षति पुगेको छ। तीमध्ये कतिवटा पसल आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ, त्यसको मूल्याङ्कन भइरहेको छ। आगलागीको कारण अहिले अज्ञातै छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा