
इम्फाल, 26 अक्टोबर (हि.स.)। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले सोमवार खोङ्गबल सुनुरोक उयोक पहाड़को नजिकै भएको आक्रमणमा मारिएका तीन जना नागरिकहरूका परिवारहहरूसित भेट गरे। उनले शोकाकुल परिवारहरूप्रति समवेदना व्यक्त गर्दै हरसम्भव सहयोग गर्ने आश्वासन दिए।
मुख्यमन्त्रीले इम्फाल पूर्वी जिल्लाको नोङ्मशुमा अरुबाम रोनिल, लरेनलकपम इनाओबी र क्षेत्रीमायुम सुशिलको घरमा पुगेर परिवारका सदस्यहरूलाई भेट गरे। उनले गत 19 अक्टोबरको घटनापछि गठित जेएसीका सदस्यहरूसँग पनि कुराकानी गर्दै उनीहरूको मागमाथि विचार गर्ने भरोसा दिलाए।
जेएसीले गए आइतवार साँझ 5 बजेसम्ममा पीड़ित परिवारहरूसित भेट गर्ने मुख्यमन्त्रीलाई अल्टिमेटम दिएको थियो। निर्धारित समय-सीमासम्ममा पनि भेट हुन नसके समितिले सोमवार मध्यरातदेखि अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो। समितिको माग थियो, मुख्यमन्त्रीले आफ्नो कार्यालय वा आधिकारिक निवासमा प्रतिनिधिहरूसँग वार्ता गर्नको सट्टा पीड़ित परिवारहरूका घरमा सोझै जानुपर्छ।
सोमवार मुख्यमन्त्रीको भ्रमणपछि जेएसीले बन्द फिर्ता लिने वा जारी राख्नेबारे तत्काल कुनै निर्णयको घोषणा गरेको छैन। समितिको अर्को निर्णयले बन्दको प्रभाव अनि राज्यको आगामी अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा