
पश्चिम मेदिनीपुर, 26 अक्टोबर (हि.स.)। जिल्लाको मेदिनीपुर रेलवे स्टेशन नजिकै रहेको साइकल र मोटरबाइक स्ट्याण्डलाई पछिल्लो लामो समयदेखिको जारी कानुनी विवादपछि कब्जाबाट मुक्त गरिएको छ। रेलवे अधिकारीहरूले गए आइतवार रेलवे सुरक्षा बल (आरपीएफ) र मेदिनीपुर कोतवाली थानाको पुलिससँग मिलेर उक्त अभियान सञ्चालन गऱ्यो। कलकत्ता उच्च अदालतको निर्देशमा यो कारबाही गरिएको हो।
रेलवे सूत्र अनुसार साइकल स्ट्याण्डको ठेकाको अवधि 31 मार्च, 2014 मा समाप्त भएको थियो। तथापि स्ट्याण्डमाथि कब्जालाई कायम राखेको आरोप लागेको थियो। आरोप छ, शेख सेराफतले कैयौं पटक अदालतमा मुद्दा दर्ता गरेर स्थगन आदेश प्राप्त गरी स्ट्याण्डलाई सञ्चालन गर्न जारी राखे। तीनवटा स्ट्याण्डमध्ये दोस्रो नम्बरको स्ट्याण्ड केही वर्षअघि टेण्डर मार्फत अर्को ठेकेदारलाई हस्तान्तरण गरिएको थियो। मुख्य विवाद नम्बर एक र तीनलाई लिएर भएको थियो।
यता शेख सेराफतले दाबी गरे, उनले वर्ष 2001- देखि नै स्ट्याण्ड सञ्चालन गर्दै आइरहेका छन्। उनले आरोप लगाए, उनलाई 24 घण्टा अगाड़ि मात्र सूचना दिएर बलजफ्ती हटाइयो। उनले यो पनि भने, यस मामिलामा मुद्दा अदालतमा चलिरहेको छ।
रेलवे अनुसार अदालतको निर्देशलाई पालन गर्दै स्ट्याण्डलाई कब्जा मुक्त गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा