
जम्मू, 26 अक्टोबर (हि.स.)। नेशनल कन्फ्रेन्सका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री डा. फारुख अब्दुल्लाको पाकिस्तान सम्बन्धी कथित बयानलाई लिएर मुभमेन्ट कल्किले कड़ा आपत्ति जनाएको छ। सङ्गठनका सल्लाहकार प्रीतम शर्माले भने, पाकिस्तानलाई कश्मीरीहरूको रक्षक बताउनु भनेको आतङ्कवादबाट प्रभावित परिवार, शहीद जवानहरू एवं विस्थापित कश्मिरी पण्डितहरूको भावनामा चोट पुऱ्याउनु जस्तै हो।
वर्ष 1990- को घटनाक्रमलाई उल्लेख गर्दै प्रीतम शर्माले भने, कश्मीर उपत्यका आतङ्कवाद र हिंसा भएर गुज्रिरहेको बेला तत्कालीन मुख्यमन्त्री फारुख अब्दुल्लाले आफ्नो पदबाट राजीनामा दिएका थिए। उनले आरोप लगाए, त्यस कठिन समयमाराजनीतिक नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गरेनन्।
उनले भने, आतङ्कवादले गर्दा धेरैजना निर्दोष मानिसहरूले ज्यान गुमाएको र ठूलो सङ्ख्यामा कश्मिरी पण्डित परिवारहरूले आफ्नो घर छोड्नुपऱ्यो। यस्तो अवस्थामा पाकिस्तानको भूमिकालाई सकारात्मक रूपमा प्रस्तुत गर्नु भनेको पीड़ित परिवारको पीड़ालाई बेवास्ता गर्नु जस्तै हो।
प्रीतम शर्माले भारतीय सेना र सुरक्षा बलको बलिदानलाई उल्लेख गर्दै भने, आतङ्कवादको विरोधमा भएको लडाइँमा जवानहरूले आफ्नो जीवन बलिदान गरेका छन्। आतङ्कवाद, हिंसा र अस्थिरता बाहेक पाकिस्तानले जम्मू-कश्मीरलाई के दिएको छ भन्दै उनले गम्भीर प्रश्न उठाए।
मुभमेन्ट कल्कीले फारुख अब्दुल्लासँग उनको कथित बयानमाथि सार्वजनिक स्पष्टीकरणको माग गरेको छ। सङ्गठनले भन्यो, यदि कुनै पनि बयानमा कानूनको उल्लङ्घन भएको पाइयो भने सम्बन्धित अधिकारीहरूले नियम अनुसार कारबाही गर्नुपर्छ।
कश्मीरी पण्डितहरूको सम्मानजनक पुनर्वास र सुरक्षाको माग दोहोऱ्याउँदै प्रीतम शर्माले आफ्नो सङ्गठनले शहीदहरूको सम्मान, आतङ्कवादको प्रतिरोध तथा विस्थापित परिवारहरूलाई न्याय दिलाउनको निम्ति आवाज उठाउन जारी राख्ने बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा