'नमो यमुना रिभर सफारी' को ट्रायल रन शुरु, मुख्यमन्त्रीले गरिन् निरीक्षण
दिल्ली की मुख्यमंत्री रेखा गुप्ता सोमवार को सोनिया विहार से जगतपुर रूट पर ‘नमो यमुना रिवर सफारी' के ट्रायल रन निरीक्षण करते हुए


नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। दिल्लीमा नमो यमुना रिभर सफारीको ट्रायल रन शुरू भएको छ। मुख्यमन्त्री रेखा गुप्ताले सोमवार सोनिया विहारदेखि जगतपुरसम्मको मार्गको निरीक्षण गरी तयारीको समीक्षा गरिन्। उनले यात्रीहरूको सुविधा, स्वच्छता, सुरक्षा एवं सुविधाको विशेष ख्याल राख्न अधिकारीहरूलाई निर्देश दिइन्।

मुख्यमन्त्रीले भनिन्, छठ महापर्वअघि नै यो सेवा शुरु गर्ने लक्ष्य रहेको राखिएको छ। दिल्लीवासीहरूले आफ्नो परिवारसँग माँ यमुनाको दर्शन गर्न सकुन्, क्रूज सवारीको आनन्द लिन सकुन् तथा राजधानीमै पिकनिक मनाउनको लागि नयाँ ठाउँ प्राप्त हुनेछ। यसले दिल्लीमा पर्यटनलाई बढावा दिनेछ, स्थानीय व्यापार बढाउनेछ अनि नयाँ रोजगारका अवसरहरू पनि सृजना गर्नेछ। यस अवसरमा दिल्लीका पर्यटन मन्त्री कपिल मिश्र तथा सम्बन्धित अधिकारीहरू उपस्थित थिए।

मन्त्री कपिल मिश्राले भने, आज 'नमो यमुना नदी सफारी' को परीक्षण शुरु भयो जसको मुख्यमन्त्रीले निरीक्षण गरिन्। यो केन्द्र दिल्ली विकास प्राधिकरण (डीडीए), दिल्ली सरकार एवं पर्यटन विभागको संयुक्त परियोजना हो। यो 3.5 किलोमिटर डुङ्गा सवारी, आधा घण्टाको अनुभव र नदी किनारमा साङ्गीतिक फोहरा हुनेछ जसमा माँ यमुनाको गाथा, वाटर स्पोर्ट्स, फूड पार्क, किड्स जोन, प्रवेश रु 50 हुनेछ। यो छठअघि जनताको लागि खोलिनेछ। गत वर्ष जस्तै यसपालि पनि यमुना घाटमा भव्य छठ पूजाको तयारी शुरु भइसकेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande