सड़क दुर्घटनामा परी दुई युवकको मृत्यु
सड़क दुर्घटना की सांकेतिक फोटो


मालदा, 26 अक्टोबर (हि.स.)। लक्ष्मी पूजा मेला हेरेर घर फर्किने क्रममा भएको सड़क दुर्घटनामा दुई जना युवकहरूको मृत्यु भयो भने अर्का एकजना युवक गम्भीर रूपमा घाइते भए। यो दुर्घटना मालदा जिल्लाको हबिबपुर थाना अधिनस्थ केन्दपुकुर उच्च विद्यालय नजिकै भएको हो।

पुलिस सूत्र अनुसार मृतकहरूको पहिचान रहिम बर्मन र सुजय बर्मनको रूपमा भएको छ। दुवै नै हबिबपुर ब्लकको कान्तुरका सिङ्गा गाउँका बासिन्दा थिए। दुर्घटनामा घाइते तेस्रो युवकको मालदा मेडिकल कलेज एवं अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय सूत्र मुताविक यी तीन जना युवकहरू गए आइतवार राती बाइकमा लक्ष्मी पूजा मेला हेरेर घर फर्किरहेका थिए। यसै अवधि उनको बाइक केन्दपुकुर हाई स्कुल नजिकै विपरीत दिशाबाट आइरहेको कुखुराले भरिएको पिकअप भ्यानसँग ठोक्कियो। ठक्कर यति तीव्र थियो कि बाइकमा सवार तीनै जना युवकहरू सड़कमा लड़ेर गम्भीर घाइते भए।

घटनापछि स्थानीयहरूले घटनास्थलमा पुगेर घाइतेहरूलाई बुलबुलचण्डी ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ ड्यूटीमा रहेका डाक्टरहरूले रहिम बर्मन र सुजय बर्मनलाई मृत घोषित गरिदिए।

घटनापछि क्षेत्रमा शोक छाएको छ। पुलिसले पिकअप भ्यान जफत गरेको छ भने दुर्घटनाको कारण पत्तो लगाउन अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande