
लखनउ, २६ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनउ स्थित सआदतगञ्ज पुलिस थाना क्षेत्रमा सोमवार दुई पक्षबीच विवाद भएको छ। यसै क्रममा विवाद बढ्दै जाँदा गोलीबारी भएको हो। गोली लागेर दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ भने एक जना घाइते भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ पुलिस घटनास्थलमा पुगेको छ। घटनासम्बन्धी थप कारबाही जारी रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी