ग्वालपाड़ामा 40-50 वटा जङ्गली हात्तीहरूको आतङ्क, धानको बाली नष्ट
Image of the Wild Elephant Herd Destroying the Paddy Crops in Assam’s Goalpara.


गोलपारा (असम), 26 अक्टोबर (हि.स.)। असमको ग्वालपाड़ा जिल्लामा जङ्गली हात्तीहरूको उत्पातले स्थानीयहरूमा आतङ्क सिर्जना गरेको छ। करिब 40-50 वटा हात्तीहरूको झुण्ड खेतमा पसेर धानको बालीलाई ठूलो क्षति पुऱ्याएको छ।

हात्तीको झुण्डले खेतमा पाकेको धानको बालीलाई खाएर तथा कुल्चेर नष्ट पारिदियो। यसबाट किसानहरूमा हाहाकार मच्चिएको छ। बालीलाई पुगेको क्षतिको कारणले किसानहरूलाई आर्थिक क्षतिको चिन्ताले सताइरहेको छ। गए राती पनि हात्तीको बथानले उक्त क्षेत्रमा पुगेर व्यापक क्षति पुऱ्याायो। किसानहरूमा भय व्याप्त भएको छ।

हात्तीको ठूलो झुण्डको आवागमनबाट प्रभावित क्षेत्रका बासिन्दाहरू पनि डराएका छन्। स्थानीय स्तरमा मानव-हात्ती द्वन्द्वको समस्या एक पटक फेरि अगाडि आएको छ। खेतमा जङ्गली हात्तीको प्रवेशले किसानहरूको परिश्रमलाई प्रभावित पारिरहेको छ जसबाट उनीहरूको जीविकोपार्जन नै खतरामा पारेको छ।

--------

/ बिशाल


 rajesh pande