
श्रीनगर, 04 अक्टोबर (हि.स.)। सुरक्षा बलहरूले आइतवार श्रीनगर अन्तर्राष्ट्रिय विमानस्थलको ड्रप गेटमा सेनाका एकजना जवानलाई पक्राउ गरेका छन्। उनको सामानबाट केही प्रतिबन्धित वस्तुहरू फेला परेको थियो।
अधिकारीहरू अनुसार पुलिस र सीआरपीएफका जवानहरूले सेनाका जवानलाई पक्राउ गरेर उनको कब्जाबाट खसखस र गाँजा जस्तो पदार्थ जफत गरे। जफत गरिएको प्रतिबन्धित पदार्थमा 233 ग्राम खसखस र 69 ग्राम गाँजा जस्तो पदार्थ सामेल छन्।
उनीहरूले बताए, कानूनको सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा