
नयाँ दिल्ली, 0४ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलमा महिला ५३ किलोग्राम फ्रिस्टाइल कुस्तीमा रजत पदक जितेकी अन्तिम पंघाललाई बधाई दिएका छन्। उनले अन्तिमको प्रदर्शनलाई शानदार तथा अनुकरणीय बताए।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, अन्तिम पंघालले महिला ५३ किलोग्राम फ्रिस्टाइल कुस्तीमा उत्कृष्ट प्रदर्शन गरेकी छन्। प्रधानमन्त्रीले उनलाई आगामी सफलताका लागि शुभकामना दिँदै उनले देशका लागि अझ गौरव हासिल गर्नुका साथै अन्य खेलाडीलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्यालयले भनेको छ, “एसियाली खेलमा अन्तिम पंघालले रजत पदक जित्नु वास्तवमै अनुकरणीय छ। महिला ५३ किलोग्राम फ्रिस्टाइल कुस्तीमा शानदार प्रदर्शनका लागि उनलाई बधाई। उनले आगामी दिनमा पनि देशका लागि गौरव हासिल गरिरहून् र अन्य खेलाडीलाई प्रेरित गरून्।”
हिन्दुस्थान समाचार / भवानी थामी