राजमार्गको सुरक्षा र गुणस्तरबारे छलफल, गुजरातको एकता नगरमा ५-६ अक्टोबरमा चिन्तन शिविर
केंद्रीय सड़क परिवहन एवं राजमार्ग मंत्रालय (फाइल फोटो)।


नयाँ दिल्ली, 0४ अक्टोबर (हि.स.)। देशमा सुरक्षित, गुणस्तरीय तथा भविष्यका आवश्यकताअनुकूल राजमार्ग पूर्वाधार विकास गर्ने विषयमा केन्द्र सरकारले आगामी ५ र ६ अक्टोबरमा गुजरातको नर्मदा जिल्लास्थित एकता नगरमा ‘चिन्तन शिविर-२०२६’ आयोजना गर्ने भएको छ। दुईदिने शिविरमा केन्द्र तथा राज्य सरकारका प्रतिनिधि, लोक निर्माण विभागका अधिकारी, परियोजना कार्यान्वयन निकाय तथा अन्य सरोकारवाला सहभागी हुनेछन्।

केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्रालयका अनुसार, शिविरको मुख्य उद्देश्य राजमार्ग परियोजना कार्यान्वयनमा देखिएका प्रमुख अवरोध पहिचान गरी तिनका व्यावहारिक तथा नवीन समाधान खोज्नु हो। साथै परियोजनाको गुणस्तर, सडक सुरक्षा, दक्षता तथा समयबद्धता बढाउन नीतिगत र संस्थागत सुधारबारे पनि छलफल गरिनेछ।

चिन्तन शिविरको उद्घाटन ५ अक्टोबरमा केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले गर्नेछन्। कार्यक्रममा सडक परिवहन तथा राजमार्ग राज्यमन्त्री अजय टम्टा र हर्ष मल्होत्रा पनि उपस्थित रहनेछन्। विभिन्न राज्यका सडक परिवहन तथा लोक निर्माणमन्त्री, वरिष्ठ अधिकारी, परियोजना कार्यान्वयन निकायका प्रतिनिधि तथा विशेषज्ञहरू पनि शिविरमा सहभागी हुनेछन्।

मन्त्रालयका अनुसार, शिविर केन्द्र र राज्यबीच राम्रो समन्वय कायम गर्ने महत्त्वपूर्ण मञ्च बन्नेछ। यसमा राज्यका अनुभव, जमिनस्तरमा देखिएका व्यावहारिक समाधान तथा उत्कृष्ट कार्यप्रणालीहरू आदानप्रदान गरिनेछन्। यसबाट राजमार्ग परियोजना कार्यान्वयनका क्रममा आउने चुनौती समाधान गर्न साझा रणनीति तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुई दिनमा पाँच प्रमुख विषयमा छुट्टाछुट्टै सत्र सञ्चालन गरिनेछ। यसमा प्रधानमन्त्री गतिशक्ति तथा एकीकृत पूर्वाधार योजना, भूमि अधिग्रहण तथा भूमि राशि पोर्टल, नमुना सहुलियत सम्झौता तथा मूल्याङ्कन व्यवस्था, सुरक्षित राजमार्गको डिजाइन तथा गुणस्तर सुनिश्चितता एवं परियोजना अनुगमन समावेश छन्।

प्रधानमन्त्री गतिशक्ति सत्रमा विभिन्न पूर्वाधार परियोजनाको समन्वित विकासबारे छलफल गरिनेछ। भूमि अधिग्रहण तथा भूमि राशिसम्बन्धी सत्रमा परियोजना कार्यान्वयनमा आउने अवरोध र त्यसका समाधानबारे विचार गरिनेछ। त्यस्तै, नमुना सहुलियत सम्झौता तथा मूल्याङ्कन व्यवस्थासम्बन्धी सत्रमा सम्झौता र कार्यान्वयनसँग जोडिएका विषयमा छलफल हुनेछ।

सुरक्षित राजमार्गको डिजाइनसम्बन्धी सत्रमा राजमार्गको योजना तथा निर्माण प्रक्रियामा सडक सुरक्षालाई अभिन्न हिस्सा बनाउने विषयमा जोड दिइनेछ। गुणस्तर सुनिश्चितता तथा परियोजना अनुगमन सत्रमा निर्माणको गुणस्तर, अनुगमन संयन्त्र तथा परियोजनाबाट राम्रो परिणाम सुनिश्चित गर्ने उपायबारे विचार गरिनेछ।

मन्त्रालयले चिन्तन शिविरबाट राजमार्ग विकासमा नयाँ कार्यप्रणाली तथा थप प्रभावकारी संस्थागत व्यवस्थालाई प्रोत्साहन मिल्ने अपेक्षा गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande