
नयाँ दिल्ली, 0४ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलमा महिला टोली गल्फमा रजत पदक जित्ने अदिति अशोक, प्रणवी शरथ उर्स र दीक्षा डागरलाई बधाई दिएका छन्।
प्रधानमन्त्री कार्यालयले एक्समार्फत दिएको जानकारीअनुसार, तीनै खेलाडीको सफलताले खेलप्रतिको उनीहरूको दृढ संकल्प र लगावलाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्रीले अदिति अशोक, प्रणवी शरथ उर्स र दीक्षा डागरको निरन्तर सफलताको कामना गर्दै आगामी दिनमा उनीहरूले सफलताको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्यालयले भने, 'तीनै खेलाडीले महिला टोली गल्फ स्पर्धामा रजत पदक जितेर देशलाई गौरवान्वित गरेका छन्।'
हिन्दुस्थान समाचार / भवानी थामी