अयोध्या पुगे रक्षामन्त्री राजनाथ सिंह, रामललाको दर्शन गरे
हनुमानगढ़ी मंदिर में रक्षा मंत्री राजनाथ सिंह


श्रीराम मंदिर में पूजा करते राजनाथ


अयोध्या, 0५ अक्टोबर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंह सोमवार अयोध्या पुगेका छन्। यहाँ स्थित महर्षि वाल्मीकि विमानस्थलमा भाजपा नेता तथा कार्यकर्ताहरूले उनको स्वागत गरे।

राजनाथ सिंह सबैभन्दा पहिले श्रीराम मन्दिर पुगे र भगवान् रामललाको दर्शन गरे। त्यसपछि उनले श्री हनुमानगढ़ी मन्दिरमा दर्शन–पूजन गर्दै हनुमानजीको आशीर्वाद पनि लिए।

यसपछि रक्षामन्त्री रानोपाली स्थित उदासीन ऋषि आश्रम पुगे। त्यहाँ उनले गुरु पर्व महामहोत्सव तथा सन्त सम्मेलनमा सहभागिता जनाए। यस क्रममा उनले भने, हामी अयोध्याको पुण्यभूमिमा छौँ। वर्षौंको संघर्ष आज भव्य स्वरूपमा हाम्रो सामुन्ने छ। भगवान् रामलला आफ्नै घरमा विराजमान भइसकेका छन्।

राजनाथले भने, म अयोध्यालाई केवल एउटा भौगोलिक स्थानका रूपमा बुझ्दिनँ। अयोध्या एउटा चेतना हो, एउटा संस्कृति हो, एउटा सभ्यता हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande