डिब्रुगढ़बाट बांग्लादेशका लागि पहिलो कार्गो जहाज प्रस्थान, अन्तर्देशिय जलमार्गबाट पुनः शुरु भयो निर्यात
असमः डिब्रूगढ़-बांग्लादेश इनलैंड वॉटरवे व्यापार दशकों बाद फिर से शुरू; पहले कार्गो जहाज़ के रवाना होने के अवसर पर आयोजित कार्यक्रम का दृश्य।


डिब्रुगढ़ (असम), 0५ अक्टोबर (हि.स.)। स्वतन्त्रतापछि पहिलो पटक डिब्रुगढ़बाट विदेशका लागि कार्गो जहाज प्रस्थान गरेको छ। यससँगै यस जिल्लाबाट अन्तर्देशिय जलमार्ग मार्फत मालसमानको ढुवानी पुनः सुरु शुएको छ।

मेथानोल बोकेको पहिलो जहाज ५ अक्टोबर बिहान ११ बजी डिब्रुगढ़को नवनिर्मित बोगीबिल नदी बन्दरगाह, जसलाई भारतीय अन्तर्देशिय जलमार्ग प्राधिकरणको बोगीबिल टर्मिनल पनि भनिन्छ, बाट बंगलादेशको ढाका स्थित पाङ्गाउँ बन्दरगाहका लागि प्रस्थान गरेको हो। यो जहाजले ७८३ किलोमिटरको नदीमार्ग पार गरी लगभग सात दिनमा बांग्लादेश पुग्ने अपेक्षा गरिएको छ।

आगामी केही दिनमा दोस्रो कार्गो जहाज पनि प्रस्थान गर्ने अपेक्षा गरिएको छ। यी दुवै जहाजले असम पेट्रो केमिकल्स लिमिटेड (एपीसीएल)ले उत्पादन गरेको कूल १,०८० टन मेथानोल बांग्लादेश पुर्याउनेछन्।

केन्द्रिय मन्त्री सर्वानन्द सोनोवालले सोमवार बोगीबिल बन्दरगाहमा औपचारिक रूपमा जहाजलाई हरियो झन्डा देखाएर प्रस्थान गराए। यससँगै कार्गो ढुवानीको शुरूआत भएको छ। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाए। ५ अक्टोबरमा प्रस्थान गरेको जहाजको नाम ‘पटकाई’ हो। यसले बांग्लादेश यात्राका क्रममा २७ वटा कन्टेनरमा ५४० टन मेथानोल बोकेको छ।

डिब्रुगढ़मा अन्तर्देशिय जलमार्गबाट ढुवानीको इतिहास ब्रिटिस शासनकालदेखिकै रहेको छ। त्यसबेला व्यावसायिक प्रयोजनका लागि शहरबाट जहाजहरू सञ्चालन हुनेगर्थे र मोहनघाट नजिकै एउटा ऐतिहासिक नदी बन्दरगाह समेत रहेको थियो। समयसँगै यस क्षेत्रमा जहाज सञ्चालन बन्द भएको थियो।

बोगीबिलबाट कार्गो ढुवानी पुनः शुरु हुनु असम र अन्तरराष्ट्रिय गन्तव्यबीच अन्तर्देशिय जलमार्गबाट हुने यातायातलाई पुनर्जीवित गर्ने दिशामा नयाँ चरणका रूपमा लिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande