कुनोमा पाँच शावक जन्मिनु चित्ता परियोजनाका लागि ऐतिहासिक क्षणः भूपेन्द्र यादव
चीते के पांच शावक


नयाँ दिल्ली, 0५ अक्टोबर (हि.स.)। मध्य प्रदेशको श्योपुर स्थित कुनो राष्ट्रिय निकुञ्जमा भारतीय भूमिमै जन्मेकी मादा चित्ता केजेपी२१ ले पाँच वटा स्वस्थ शावक जन्माएपछि केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले खुशी व्यक्त गरेका छन्। उनले यसलाई चित्ता परियोजनाका लागि अर्को ऐतिहासिक तथा खुशीको क्षण भएको बताएका छन्।

केजेपी२१ को उमेर ३२ महिना रहेको छ र यो भारतमा जन्मिएर देशमै शावक जन्माउने तेस्री पोथी चित्ता हुन्। यसअघि मुखी र केजीपी१२ भारतमा जन्मेपछि आमा बनिसकेका छन्। पाँच नयाँ शावक जन्मिएसँगै भारतमा चित्ताको कूल संख्या बढ़ेर ६० पुगेको छ, जसमा ४१ वटा चित्ता भारतमै जन्मेका हुन्।

भूपेन्द्र यादवले सोमवार सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै यस उपलब्धिका लागि चित्ता परियोजनासँग सम्बन्धित पशु चिकित्सक, वनकर्मीहरू, मैदानी कर्मचारी, व्यवस्थापन टोली तथा सबै सहयोगीलाई बधाई दिएका छन्। उनले उनीहरूको समर्पण, प्रतिबद्धता र निरन्तर प्रयासको प्रशंसा गरेका छन्।

केन्द्रिय मन्त्रीले भारतीय भूमिमा चित्ताको अर्को पुस्ता जन्मिनु भारतमा चित्ता पुनर्स्थापनाको यात्राको नयाँ अध्याय भएको बताए। कुनोमा निरन्तर भइरहेको चित्ताको जन्मलाई चित्ता परियोजना अन्तर्गत संरक्षण तथा पुनर्स्थापनाका प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यी पाँच शावकको जन्म अर्को कारणले पनि विशेष रहेको छ। उनीहरूका पिता बोत्सवानाबाट भारत ल्याइएको नर चित्ता हो। यससँगै भारतमा बोत्सवाना मूलको चित्ताको वंशावली शुरु भएको छ। यसले देशमा बढ़िरहेको चित्ताको संख्यामा नयाँ आनुवंशिक वंशावली थपिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande