

गुवाहाटी, 06 अक्टोबर (हि.स)। खेत्री थाना अ्तर्गत नोआ गाँउमा मङ्गलवार भएको सड़क दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु भएको छ। यो दुर्घटना त्यसबेला भएको हो जतिबेला खेत्रीदेखि जागीरोड तर्फ गइरहेको कारले नियन्त्रण गुमाएर राष्ट्रिय राजमार्गको रेलिङसँग ठोक्कियो। कारमा सवार तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य तीन जना गम्भीर रूपमा घाइते भएका छन्।
जानकारी अनुसार रुस्तम अली कवेत गइरहेका आफ्नो छोरालाई लिएर गुवाहाटी विमानस्थलमा पुगेका थिए। छोरालाई एयरपोर्टमा छोडेर घर फर्कने क्रममा गुवाहाटीको खेत्री थाना क्षेत्रमा यो दुःखदायी दुर्घटना भयो। मृतकको पहिचान 18 वर्षीय रिबुल अली, 40 वर्षीया मोनिमाई बेगम र 40 वर्षीय आमिर उद्दीनको रूपमा भएको छ। घाइतेहरूमा पुतुमई बेगम (55), अनिसु सुल्ताना (10) र रुस्तम अली (50) रहेका छन्। दुर्घटनाको सूचना पाएपछि खेत्री ट्राफिक पुलिस घटनास्थलमा पुग्यो अनि मृतक र घाइतेहरूलाई उद्धार गर्ने कारबाही शुरू गऱ्यो।
मृतक र घाइते एउटै परिवारका हुन्। रूस्तम अली जसले दुर्घटना हुँदा वाहन चलाइरहेका थिए, भाग्यले बचे। अभाग्यवश उनकी पत्नी मोनिमाई बेगम, छोरा रिबुल अली र रुस्तम अलीका सालो आमिर उद्दीनको भने ज्यान गयो।
--------
/ बिशाल