
कुचबिहार, 06 अक्टोबर (हि.स.)। ऐतिहासिक सागरदिघीको पानीमा मङ्गलवार तैरिरहेको एउटा कछुवाको शव फेला परपथि क्षेत्रमा चिन्ता बढ़ेको छ। बिहान हिँड्न गएका स्थानीयहरूले पानीमा मरेको कछुवा देखे। सूचना पाएर स्थानीय स्वयंसेवी सङ्गठनका सदस्यहरू घटनास्थलमा पुगे अनि कछुवाको शवलाई पानीबाट बाहिर निकाले।
सागरदिघी लामो समयदेखिकै कछुवाहरूको प्रमुख आश्रयस्थल रहिआएको छ भने यहाँ ठूलो सङ्ख्यामा कछुवा देखिन्छ। यद्यपि, हिजोआज बारम्बार हुने कछुवाको मृत्युले वातावरणविद् र स्थानीय मानिसहरूमाझ चिन्ता बढ़िरहेको छ।
बताइएको छ, कछुवाहरूको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सागरदिघीमा सर्वसाधारणलाई नुहाउन र लुगा धुनदेखि प्रतिबन्ध लगाएको छ। तथापि कतिपय मानिसहरूले नियमहरूको उल्लङ्घन गर्दै सागरदिघीको पानीमा नुहाने र लुगा धुने गरिरहेका छन्।
यसले पानीको गुणस्तरलाई प्रभावित पार्नको साथै जलीय जीवहरूको जीवनलाई पनि खतरामा पारेको स्थानीयहरूको आरोप छ। पछिल्लो घटनापछि सागरदिघीको जलीय वातावरण एवं कछुवा लगायत अन्य जलीय जीवहरूको संरक्षणका लागि प्रशासनसँग निगरानी बढाउन र नियमहरूको कडाईपूर्वक पालना गराउने माग गरेका छन्।
/ बिशाल