लभलिना बरगोहाईले युवाहरूलाई देश एवं समाजको लागि काम गर्न आह्वान गरिन्
लखीमपुर में निर्मित ‘लवलीना बरगोहाईं स्टेडियम’ की तस्वीर।


गुवाहाटी, 06 अक्टोबर (हि.स.)। एशियाली खेलकुदमा स्वर्ण पदक जितेर असमको सुनाम फैलाउने बक्सर लभलिना बरगोहाईले युवाहरूलाई सही मार्गमा हिँड्न र देश अनि समाजको लागि अझ राम्रो गर्न आह्वान गरेकी छन्।

आज नयाँ दिल्लीमा मिडियासितको अन्तरक्रियाका लभलिनाले भनिन्, उनलाई थाहा छैन कि 'जेन-जी' कुन आयु वर्ग वा दायरलाई भनिन्छ। उनले भनिन्, युवाहरू आमा-बुवा एवं बुजुर्गहरूको सल्लाह अनुसार हिँड़्नुपर्छ। साथै जीवनमा सही मार्गलाई चयन गर्नुपर्छ। उनले भनिन्,युवाहरूले देश र समाजको लागि राम्रो काम गर्नेमाथि ध्यान दिनुपर्छ।

युवा पुस्ताले अगाडि आएर राष्ट्रको लागि काम गर्नुपर्छ। साथै उनले युवाहरूलाई आफ्नो काममाथि ध्यान केन्द्रित राख्ने र भावनाहरूलाई आवश्यकताभन्दा अधिक महत्त्व नदिने सल्लाह दिइन्।

लभलिनाले भनिन्, जीवनमा लक्ष्य हासिल गर्नको लागि कड़ा परिश्रम अनि कामप्रति समर्पण आवश्यक छ। उनले युवा पुस्तालाई जिम्मेवारी लिएर अगाडि बढ्ने अनि देशको विकासमा योगदान दिने आग्रह गरिन्।

--------

/ बिशाल


 rajesh pande