सड़क दुर्घटनामा चालक घाइते
सड़क हादसे में कार चालक घायल


सड़क हादसे में कार चालक घायल


गुवाहाटी, ०6 अक्टोबर (हि.स.)। गुवाहाटी महानगरको सुन्दरपुर क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना कार चालक गम्भीर घाइते भएका छन्।

पुलिसले मङ्गलवार बतायो, गए राती सुन्दरपुर क्षेत्रको श्रद्धाञ्जली फ्लाइओभरबाट ओर्लिँदै गर्दा एउटा कार अनियन्त्रण भएर डिभाइडरसित ठोक्कियो। यस घटनामा कार चालक गम्भीर रूपमा घाइते भए भने कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटना हुँदा कार चालक नशामा रहेको अनुमान लगाइएको छ। सूचना पाउनसाथ पुलिसको टीमले घटनास्थलमा पुगेर घाइते कार चालकलाई उद्धार गरी उपचारका लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरेको छ। अन्तिम रिपोर्ट आउञ्जेलसम्म घाइते कार चालकको पहिचान हुन सकेको थिएन। यस सम्बन्धमा पुलिसले मुद्दा दर्ता गरेको गरी घटनाको अनुसन्धान गरिरहेको छ।

/ बिशाल


 rajesh pande