
गान्तोक, 06 अक्टोबर (हि.स.)। ४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिङ्लिङ एससीले आयल एफटी, असमलाई ४-१ गोलले पराजित गरेको छ।
राजधानीको पाल्जोर स्टेडियममा मंगलबार भएको खेलमा सिङ्लिङ एससीका लागि उत्तम राईले खेलको तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि सेन्चुङ भोटियाले १२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।
उत्तम राईले पहिलो हाफको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गर्दै सिङ्लिङको अग्रता ३-० बनाए। दोस्रो हाफमा सेन्चुङ भोटियाले पुनः गोल थपेपछि सिङ्लिङले ४-० को बलियो अग्रता बनायो।
आयल एफटी, असमका लागि दिपु गोहेनले ६५औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अन्ततः सिङ्लिङ एससीले ४-१ को जित दर्ता गर्यो।
यसैबीच, प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा थन्डरबोल्ट नर्थ युनाइटेड र गोकुलम केरलबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल दिउँसो २ः३० बजी शुरु हुनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल