
कोलकाता, 07 अक्टोबर (हि.स.)। बुधवार बिहान महानगर कोलकाताको एन्टाली क्षेत्रमा सड़क किनारमा खड़ा एउटा एप क्याबबाट चालकको शव फेला परेपछि सनसनी फैलियो। मृतकको पहिचान भगवान प्रसाद गुप्ता (45) को रूपमा गरिएको छ। उनको अनुहार रगताम्मे भएको थियो भने दुवै खुट्टालाई डोरीले बाँधिएको थियो।
पुलिस अनुसार उक्त क्याब लामो समयदेखिकै त्यहाँ पार्क गरे राखिएको थियो। स्थानीय मानिसहरूको सूचना पाएर घटनास्थलमा पुगेको एन्टली थाना पुलिसले क्याबको ढोका भित्रबाटै बन्द रहेको पायो। मिस्त्रीको सहयोगमा ताला भत्काएर शवलाई बाहिर निकालियो अनि पोस्टमर्टम गर्न कोलागि पठाइदियो।
प्रारम्भिक अनुसन्धानमा पुलिसले हत्या भएको आशङ्का व्यक्त गरेको छ यद्यपि यसको आधिकारिक रूपमा पुष्टि भएको छैन। लालबजारको होमिसाइड एण्ड डिटेक्टिभ डिपार्टमेन्टको टोलीले घटनास्थलको जाँच शुरु गरेको छ। वरपरको सीसीटीभी फुटेज खङ्गालिरहेको छ।
पुलिसले मृतकको गतिविधि अनि उसको सम्पर्कमा रहेका मानिसहरूको जानकारी जुटाइरहेको छ। परिवारका सदस्य र परिचितहरूलाई पनि सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा