प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा भाजपाले निकाल्यो सेवा ज्योति कलश यात्रा
File photo.


गुवाहाटी, 07 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा 25 वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ले बुधवार देशभरि नै सेवा ज्योति कलश यात्रा आयोजना गरेको छ। यो कार्यक्रमलाई भाजपाको एक महिनाव्यापी सेवा सङ्कल्प अभियानको एक भागको रूपमा आयोजना गरिएको हो।

असममा पनि राज्यभरि नै विभिन्न स्थानमा सेवा ज्योति कलश यात्रा आयोजना गरियो। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले गुवाहाटीको ज्योति-बिष्णु कला मन्दिरमा आयोजित कार्यक्रममा भाग लिए। यस अवसरमा प्रदेश भाजपाका अध्यक्ष दिलीप सैकिया पनि उपस्थित थिए।

सेवा सङ्कल्प अभियान 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म सञ्चालन भइरहेको छ। अभियान अन्तर्गत जनसेवा, सामाजिक सहभागिता एवं विकसित भारत-47 को लक्ष्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। सेवा ज्योति कलश यात्रा पनि यस अभियानको एउटा प्रमुख श्रृङ्खला हो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande