जम्मू-कश्मीरलाई राज्यको दर्जा बहाल गर्ने मागमा कङ्ग्रेसको प्रदर्शन
जम्मू-कश्मीरलाई राज्यको दर्जा बहाल गर्ने मागमा कङ्ग्रेसको प्रदर्शन


जम्मू, 07 अक्टोबर (हि.स.)। कङ्ग्रेसले कथित भोट चोरी एवं जम्मू-कश्मीरलाई पूर्ण राज्यको दर्जा बहाल गर्ने मागमा विरोध प्रदर्शन गऱ्यो। पार्टीका नेता र कार्यकर्ताहरूले प्रदर्शनमा भाग लिएर आफ्ना मागहरूको समर्थनमा नारा लगाए।

कङ्ग्रेस नेताहरूले चुनावी प्रक्रिया तथा मतदाता सूचीसित सम्बन्धित मुद्दाहरू उठाउँदै कथित अनियमितताहरूमाथि प्रश्न उठाए। उनीहरूले माग गरे, चुनाउ प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गरियोस् अनि पात्र मतदाताहरूको अधिकारको रक्षा गरियोस्।

विरोध प्रदर्शनमा कङ्ग्रेस नेताहरूले जम्मू-कश्मीरलाई पूर्ण राज्यको दर्जा बहाल गर्ने माग पनि प्रमुखताले उठाए। नेताहरूले भने, पार्टीले यस मुद्दालाई निरन्तर उठाउँदै आएको छ भने राज्यको दर्जा बहाल नहुञ्जेलसम्म उठाइरहनेछ।

कङ्ग्रेस नेताहरूले भने, मतदाताहरूको अधिकार एवं जम्मू-कश्मीरलाई राज्यको दर्जासँग सम्बन्धित मुद्दाहरूमा पार्टीले आउँदो दिनहरूमा आफ्नो लोकतान्त्रिक विरोधलाई जारी राख्नेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande