
कोलकाता, 07 अक्टोबर (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को 20 औँ स्थापना दिवसको अवसरमा पहाड़मा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस समारोहमा मुख्य अतिथिका रूपमा सहभागी हुनका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारी बुधबार दार्जीलिङ जाने भएका थिए, तर उनको अन्तिम समयमा उनको भ्रमणलाई रद्द गरिएको छ। जानकारी अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको प्रशासनिक यात्राको अवसरमा मुख्यमन्त्री अहिले गुजरात गइरहेका छन्।
प्रधानमन्त्रीको 25 वर्षको प्रशासनिक कार्यकालको उत्सव मनाउनको लागि बुधवार बिहान कोलकाताको नेताजी इन्डोर स्टेडियममा एक भव्य कार्यक्रम आयोजना गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यक्रममा भाग लिएर आफ्नो संक्षिप्त सम्बोधन दिए। त्यसपछि उनले पार्टीका अन्य नेताहरूसँगै राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन सुने। बुधवार दिउँसो मुख्यमन्त्रीको प्रधानमन्त्रीको गृह राज्य गुजरातम जाने कार्यक्रम तय भयो जसले गर्दा उनको दार्जिलिङ भ्रमणलाई रद्द गर्नुपऱ्यो।
राज्यमा सत्ता परिवर्तन भएपछि भारतीय जनता पार्टी (भाजपा) लाई पहाड़मा व्यापक जनसमर्थन प्राप्त भएको छ। गोजमुमो नेता बिमल गुरुङले विधानसभा चुनाउमा भाजपालाई खुलेर समर्थन गरेका थिए भने पार्टीको लागि व्यापक प्रचार पनि गरेका थिए। राज्यमा भाजपा सरकार गठन भएपछि मुख्यमन्त्रीले पहाड़को भ्रमण गरेका थिए जहाँ मञ्चमा उनीसित गुरुङलाई पनि देखिएको थियो।
हालैमा बिमल गुरुङले कोलकाता आएर राज्य सचिवालय नवान्नामा मुख्यमन्त्रीसँग विशेष भेट गरेका थिए। यसअघि सेप्टेम्बरमा पनि गुरुङ र मोर्चाका महासचिव रोशन गिरीले पाहाड़को राजनीतिक अवस्था अनि विकास कार्यहरूमाथि चर्चा गरेका थिए। सोही समयमा उनले मुख्यमन्त्रीलाई स्थापना दिवस समारोहमा आमन्त्रित गरेका थिए।
यसअघि उत्तरकन्यामा पहाडको विकास र गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) लाई लिएऱ महत्वपूर्ण बैठक भएको थियो, जसमा केन्द्रिय गृहमन्त्री अमित शाह स्वयं उपस्थित भएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा