
गुवाहाटी, 07 अक्टोबर (हि.स.)। असमका मन्त्री विश्वजीत दैमारीले गए मङ्गलवार राती लोकप्रिय गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय विमानस्थलमा एशियाली खेलहरूमा स्वर्ण पदक विजेता एवं राज्यकी गौरव लभलिना बरगोहाईलाई न्यानो स्वागत गरे। मन्त्रीले लभलिनालाई उनको ऐतिहासिक उपलब्धिमा बधाई दिँदै उनको उज्ज्वल भविष्यको कामना गरे।
गैमारीले भने, लभलिनाको अद्भुत सफलताबाट सम्पूर्ण असम गौरवान्वित भएको छ। उनको यस उपलब्धिले असम मात्र नभएर सम्पूर्ण देशको मान बढ़ाएको छ। अन्तर्राष्ट्रिय स्तरमा राज्यको सुनाम गर्ने लभलिनाको सफलता असमका खेलाडी एवं युवाहरूका लागि प्रेरणादायी रहेको उनले बताए।
मन्त्रीले बुधवार सामाजिक सञ्जालको पोस्टबाट पनि लभलिनालाई बधाई दिए। उनले उनलाई असमको गौरव बताउँदै उनको उपलब्धिमा खुसी व्यक्त गरे। दैमारीले भने, लभलिनाले आफ्नो मिहेनत र प्रतिभाको बलमा खेल जगतमा राज्यलाई गौरवान्वित पारेकी छन्।
उनले 'गोल्डेन गर्ल' लभलिनालाई भविष्यका प्रतियोगिताहरूका लागि शुभकामना दिँदै निरन्तर सफलताको कामना गरे। मन्त्रीले एक पटक फेरि उनलाई उनको उल्लेखनीय उपलब्धिको लागि हार्दिक बधाई दिए।
/ बिशाल