दुर्गा पूजा पास घोटालाः पूर्वमन्त्री इन्द्रनील सेन  ब्याङ्कको कागज-पत्रहरू सहित ईडी कार्यालयमा पुगे
इंद्रनील सेन


कोलकाता, 07 अक्टोबर (हिस.)। यूनेस्कोको हेरिटेज ट्यागयुक्त दुर्गा पूजाको पूजाको 'प्रिभ्यु शो' पाससित सम्बन्धित कथित घोटाला मामिलामा पूर्वमन्त्री इन्द्रनील सेन बुधबार दोस्रो पटक प्रवर्तन निदेशालय (ईडी) समक्ष उपस्थित भए। उनी बिहान 11ः30 बजे ब्याङ्क लेन-देनको कागज-पत्रहरू लिएर साल्ट लेकस्थित ईडी कार्यालय (सीजीओ कम्प्लेक्स) मा पुगे। यसअघि सेप्टेम्बर 30 मा उनलाई जाँच एजेन्सीले लगभग नौ घण्टासम्म सोधपुछ गरेको थियो।

ईडीको सूत्र अनुसार वर्ष 2022 देखि लगातार तीन वर्षसम्म दुर्गा पूजा पासको नाममा ठूलो रकम सङ्कलन गरिएको छ। इन्द्रनील सेनले सरकारी टेण्डरका नियमहरूलाई बेवास्ता गर्दै आफ्नो नजिकका कम्पनीहरूलाई लगभग 85 करोड़ रुपियाँको ठेका दिलाएको आरोप छ।

केन्द्रिय जाँच एजेन्सीको दाबी छ, यस सम्पूर्ण घोटालाको पैसा लगभग 140 करोड़ रुपियाँ रहेको छ। जाँचमा थाहा लागे अनुसार इन्द्रनीलको स्वामित्वमा रहेको कम्पनी 'अक्टेभ रेकर्डस' को ब्याङ्क खातामा 3.8 करोड़ रुपियाँभन्दा बढी नगद जम्मा गरिएको थियो। ईडीले यो पनि आोप लगाेको छ, यस खाताबाट पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको खातामा 30 लाख रुपियाँ ट्रान्सफर गरिएको थियो। जाँचकर्ताहरू भनाइ छ, उनीहरूसँग यी दाबीहरूलाई पुष्टि गर्ने धेरै वटा कागज-पत्रहरू छन्।

ज्ञात रहोस्, ईडीले यस मामिलामा सेनको घर अनि कार्यालय सहित लगभग 15 वटा स्थानमा छापामारी गरिसकेको छ।

ईडीको भनाइ छ, पहिलो सोधपुछमा केही इलेक्ट्रोनिक र कागज-पत्रहरू पेश गरिएको भए पनि पूर्व मन्त्रीको बयानमा धेरै विसङ्गति पाइयो। जाँच एजेन्सी अनुसार उनले पहिलो दिनको सोधपुछमा सहयोग गरेनन्। यसै कारणले उनलाई विगत 10 वर्षको ब्याङ्क लेन-देनका सबै दस्तावेजहरू लिएर फेरि बोलाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande