
गुवाहाटी, 07 अक्टोबर (हि.स.)। नगाउँ लोकसभा सीटको लागि 6 अक्टोबरमा सम्पन्न भएको उपचुनाउमा 76.19 प्रतिशत मतदान भएको रेकर्ड गरियो। बुधवार बिहान 7 बजेदेखि शुरू भएको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको नगाउँ एवं मोरी गाउँ निर्वाचन जिल्लाबाट प्राप्त जानकारीमा उल्लेख गरिएको छ।
निर्वाचन कार्यालय अनुसार मतदान अवधि सबै मतदान केन्द्रहरूमा मतदाताहरूको लामो लस्कर देखियो। नागरिकहरूले उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरे। मतदान प्रक्रियालाई सुचारु रूपमा सम्पन्न गराउनको लागि पर्याप्त सुरक्षा व्यवस्था गरिएको थियो।
वरिष्ठ नागरिक, पीडब्ल्यूडी मतदाता र अन्य मतदाताको सुविधाका लागि मतदान केन्द्रमा आवश्यक सहयोग र सुविधाहरू उपलब्ध गराइएको थियो। सामान्य पर्यवेक्षकको अवलोकन अनुसार कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गराउने आवश्यकता परेन।
असमका मुख्य निर्वाचन अधिकारी अनुराग गोयलले उपचुनाउमा सक्रिय सहभागिता एवं सहयोगको लागि नगाउँ लोकसभा क्षेत्रका मतदाताहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले मतदान प्रक्रियामा संलग्न मतदानकर्मी, सुरक्षा बल र अन्य सबै सम्बन्धित अधिकारी तथा कर्मचारीहरूको समर्पित प्रयासको पनि प्रशंसा गरे।
मुख्य निर्वाचन अधिकारीले भने, यिनीहरू सबैको लगनशीलता र अथक प्रयासका कारण शान्तिपूर्ण एवं व्यवस्थित रूपमा उपचुनाउ सम्पन्न हुनसक्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा