
-चण्डीगढ पुलिसले देशभरिकै पुलिसको अगाड़ि नयाँ मापदण्ड स्थापित गऱ्यो अमित शाह
चण्डीगढ़, 01 नोभेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले आइतवार चण्डीगढ़ पुलिसको कर्यप्रणालीको प्रशंसा गर्दै बलले भने, पुलिस बलले आफ्नो उत्कृष्ट सेवाहरूको माध्यमबाट देशभरिकै पुलिस सामु नयाँ मापदण्ड स्थापित गरेको छ। वर्ष 1966- देखि चण्डीगढ़ पुलिसले शहरको सुरक्षाको लागि समर्पण एवं प्रतिबद्धताको साथमा निरन्तर काम गर्दै आएको छ भने देशमा पुलिसको इतिहासमा एउटा सुनौलो अध्याय लेखेको छ।
अमित शाहले चण्डीगढ़ पुलिसको 60 औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त मन्तव्य व्यक्त गरेका हुन्। उनले चण्डीगढ़ पुलिसलाई राष्ट्रपति पुलिस ध्वज (प्रेसिडेन्ट्स कलर) प्रदान गरे। यो सम्मान पुलिस बलको 6 दशकको सेवा, समर्पण एवं कर्तव्यनिष्ठाको प्रतीक भएको उनले बताए। गृहमन्त्रीले चण्डीगढ़ उत्तरी भारतको केन्द्रबिन्दु भएको र विगत 60 वर्षमा यहाँको पुलिसले सम्पूर्ण देशको सुरक्षामा महत्त्वपूर्ण योगदान दिएको बताए। उनले विश्वास व्यक्त गरे, यदि देशमा कुनै पनि पुलिस एकाई सबैभन्दा पहिला नशामुक्त बन्छ भने त्यो चण्डीगढ़ पुलिस हुनेछ।
यस अवसरमा अमित शाहले चण्डीगढ़ पुलिसका शहीद जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै ड्यूटीमा रहँदा देश र समाजको सुरक्षाको लागि सर्वोच्च बलिदान गर्नु कुनै पनि जवानका लागि गर्वको कुरा भएको बताए। उनीहरू जुन सङ्गठनसँग सम्बन्धित छन्, त्यसको लागि पनि यो गर्वको विषय हो। चण्डीगढ़ पुलिसको बेड़ामा 141 वटा नयाँ सवारी साधनहरूलाई समावेश गर्नाले पुलिसको आपतकालीन प्रतिक्रिया क्षमता, गस्ती, गतिशीलता एवं आधुनिक पुलिसिङ्गलाई बलियो बनाउने उनले बताए। उनले बताए, रेसपोन्स टाइमको सन्दर्भमा चण्डीगढ़ पुलिस पहिला नै देशमा दोस्रो स्थानमा छ। नयाँ सवारी साधनहरू सामेल भएपछि चण्डीगढ़ पुलिस अर्को वर्ष देशमा पहिलो स्थानमा पुग्ने उनको विश्वास छ।
-------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा