खरसाङको अप्पर डुमाराम बस्तीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न
खरसाङको अप्पर डुमाराम बस्तीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न


खरसाङ, ०१ नोभेम्बर (हि.स.)। खरसाङ नगरपालिकाको आयोजना साथै अप्पर डुमाराम बस्तीमा रहेको समाज ग्राम कल्याण समितिको सहयोगमा गाउँमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको छ। समाजको पदाधिकारी साथै सदस्यहरूको विशेष उपस्थिति र संयोजनमा यो जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

सिलगढी लाईन्स नेत्रालयको आँखा जाँच गर्ने टोलीको चिकित्सा प्रणालीमा लगभग पैंतीसजना गाउँवासीले आँखा जाँच गराएका थिए। यसरी घर आँगनमा नै स्वास्थ्य जाँच गराउनको निम्ति शिविरको आयोजना गरिदिएकोमा खरसाङ नगरपालिकाको अधिकारीवर्ग, आँगनवाडी, स्वास्थ्य केन्द्रलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।

यसका साथै समाजको पक्षबाट पनि आफ्नो सहभागिता दिएर यस महत कार्यमा सहयोग गर्ने समाजको सदस्यहरूलाई आभार प्रकट गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै समाजका सचिव बीआर शर्माले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande