गुवाहाटीसम्म बुलेट ट्रेन कोरिडोर विस्तारको प्रस्तावमा प्रधानमन्त्री मोदी र रेलमन्त्रीको सकारात्मक प्रतिक्रियाः हिमन्त
The image shared by Assam CM Dr Himanta Biswa.


गुवाहाटी, 01 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार भने, दिल्लीदेखि सिलगढ़ीसम्मको प्रस्तावित बुलेट ट्रेन कोरिडोरलाई गुवाहाटीसमम विस्तार गर्ने राज्य सरकारको प्रस्तावमाथि प्रधानमन्त्री नरेन्द्र मोदी र रेल मन्त्री अश्विनी वैष्णवले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले सोशल मिडियाको एउट पोस्टमा यसलाई असमको लागि लामो समयदेखिको देख्दै आएको सपना बताउँदै अघि भने, यस दिशामा सकारात्मक सङ्केत प्राप्त गर्न पाउँदा निकै खुसी लागेको छ। उनले यसका लागि प्रधानमन्त्री तथा रेलमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। बुलेट ट्रेन सेवा शुरु भएपछि गुवाहाटीदेखि दिल्लीसम्मको यात्रा आठ घण्टाभन्दा कम समयमा सम्पन्न हुने उनले बताए। यसले राज्यका युवा, उद्यमी, व्यापारी तथा पर्यटन क्षेत्रका लागि सम्भावनाहरूको नयाँ ढोका खोल्नेछ।

यस परियोजनाले यात्राको समय घटाउने मात्र नभएर असम सहित सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रलाई देशको विकास यात्रासँग अझ बलियो रूपमा जोड्ने अवसर पनि प्रदान गर्ने उनले बताए।

मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले भने, उनको सरकार असमको लागि ठूला सपना देख्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रतिबद्ध छ। उनले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ भारत एवं नयाँ असमको शक्तिको प्रतीक बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande