
चण्डीगढ, 0१ नोभेम्बर (हि.स.)। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले आइतबार स्थापना दिवस मनाइरहेका देशका दस राज्य तथा केन्द्रशासित प्रदेशका बासिन्दालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री सैनीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पञ्जाब, मध्यप्रदेश, आन्ध्रप्रदेश, छत्तीसगढ, कर्नाटक, केरल, तमिलनाडु, लक्षद्वीप, अण्डमान तथा निकोबार द्वीपसमूह र पुडुचेरीका बासिन्दालाई स्थापना दिवसको शुभकामना दिएका हुन्।
उनले भारतका विविध भाषा, समृद्ध परम्परा तथा गौरवशाली सांस्कृतिक सम्पदा नै देशको सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन्। साथै, राष्ट्रिय एकता र विकासको भावनालाई अझ सुदृढ बनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत निर्माण गर्ने सङ्कल्प साकार पार्न सबैले योगदान दिनुपर्ने उनले आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी