


भोपाल, 0१ नोभेम्बर (हि.स.)। मध्य प्रदेशको ७१औँ स्थापना दिवसको अवसरमा आइतवार भोपाल स्थित शौर्य स्मारकमा सेना दिवस–२०२७ का कार्यक्रम औपचारिक रूपमा शुरु गरिएको छ। मुख्यमन्त्री डा. मोहन यादव र सुदर्शन चक्र कोरका प्रमुख लेफ्टिनेन्ट जनरल अरविन्द चौहानले राज्यका सबै ५५ जिल्लाबाट सङ्कलन गरिएको माटो प्रयोग गरी ‘सङ्कल्प वृक्ष’ रोपण गरेका छन्।
राष्ट्रिय एकता, अखण्डता र भारतीय सेनाप्रति सम्मानको सन्देश दिने उद्देश्यले गरिएको यस कार्यक्रममा विभिन्न जिल्लाबाट राष्ट्रिय छात्र सेना (एनसीसी) का सदस्यहरूले माटो सङ्कलन गरी भोपाल ल्याएका थिए।
आगामी १५ जनवरी २०२७ मा भोपालमा ७९औँ सेना दिवस मनाइनेछ। पहिलो पटक राजधानीमा आयोजना हुन लागेको सेना दिवस परेडमा ट्याङ्क, युद्ध अभ्यास, आधुनिक सैन्य प्रविधि तथा भारतीय सेनाको युद्धक क्षमताको प्रदर्शन गरिनेछ।
मुख्यमन्त्री यादवले साल २०२७ लाई राज्यमा ‘युवा वर्ष’ का रूपमा मनाइने र यसको शुरुआत भारतीय सेनाको शौर्य, साहस तथा पराक्रमको उत्सवबाट हुनु गौरवको विषय रहेको बताए। १ नोभेम्बरदेखि १५ जनवरीसम्म विभिन्न कार्यक्रम मार्फत युवालाई सेनाको अनुशासन, राष्ट्रसेवा र समर्पणबारे जानकारी गराइने उनले बताए।
सुदर्शन चक्र कोरका प्रमुख लेफ्टिनेन्ट जनरल चौहानले सेना दिवस परेड सफल बनाउन राज्य सरकार र प्रशासनबाट पूर्ण सहयोग प्राप्त भइरहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी