गुरुद्वारा रकाबगंज हिंसालाई लिएर कमलनाथमाथि गम्भीर आरोप, राहुल गान्धीसँग जवाबदेहिताको माग : भाजपा
भाजपा प्रवक्ता आर पी सिंह


नयाँ दिल्ली, 0१ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) नेता आरपी सिंहले साल १९८४ को सिखविरोधी दङ्गाका क्रममा गुरुद्वारा रकाबगञ्ज साहिब बाहिर भएको हिंसामा कांग्रेस नेता कमलनाथको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले साल १९८४ नोभेम्बर 0१ मा दिल्लीमा सिख समुदायमाथि हिंसा भइरहेका बेला गुरुद्वारा बाहिर दुई सिखलाई जिउँदै जलाइएको घटनास्थलमा कमलनाथ हजारौँको भीड़बीच उपस्थित रहेको आरोप लगाए।

आरपी सिंहले सामाजिक सञ्जाल एक्समा साझा गरेको आफ्नो वक्तव्यमा कमलनाथको भीड़माथि प्रभाव रहेको दाबी गरेका छन्। यति गम्भीर आरोप लाग्दा समेत चार दशक बितिसक्दा जवाबदेहिता किन सुनिश्चित हुन सकेन भन्ने प्रश्न उनले उठाए।

उनी अनुसार, इन्दिरा गान्धी, राजीव गान्धी, सोनिया गान्धी र राहुल गान्धीको नेतृत्वमा कांग्रेस सरकार तथा पार्टी सञ्चालन भएका बेला पनि कमलनाथले महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका थिए। उनी केन्द्र सरकारमा मन्त्री बनेका थिए भने मध्य प्रदेशको मुख्यमन्त्री समेत भएका थिए।

आरपी सिंहले राहुल गान्धीलाई सम्बोधन गर्दै सिख समुदायलाई राजनीतिक संरक्षण वा मौनता नभई साल १९८४ का घटनाको सत्यतथ्य, न्याय र जवाबदेहिता आवश्यक रहेको बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande