
नयाँ दिल्ली, 0१ नोभेम्बर (हि.स.)। दिल्लीको रामलीला मैदानमा विपक्षी दलहरूको इन्डी गठबन्धनले आयोजना गरेको महार्यालीलाई लिएर केन्द्रिय स्वास्थ्य मन्त्री तथा भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले राहुल गान्धी र कांग्रेसमाथि कड़ा टिप्पणी गरेका छन्। उनले रामलीला मैदानमा भइरहेको गतिविधि लोकतन्त्रप्रतिको सम्मान नभई लोकतन्त्रको नाममा देशलाई अराजकतामा धकेल्ने सुनियोजित षड्यन्त्र भएको आरोप लगाए।
आइतवार सामाजिक सञ्जाल एक्समा भीडियो जारी गर्दै नड्डाले जनताबाट पटक-पटक अस्वीकृत भएका व्यक्तिहरूले सुनियोजित नाटक गरिरहेको बताए। उनले राहुल गान्धीको राजनीतिक कार्यशैलीका चार चरण रहेको दाबी गर्दै पहिलो चरणमा झुट र अफवाह फैलाउने, दोस्रोमा सड़कमा अराजकता तथा अव्यवस्था सिर्जना गर्ने, तेस्रोमा देशको अर्थव्यवस्थालाई नोक्सान पुर्याउने र चौथोमा विदेशी शक्तिको इशारामा निर्वाचित सरकारलाई अस्थिर बनाउने प्रयास गर्ने आरोप लगाए।
नड्डाले राहुल गान्धी र इन्डी गठबन्धनले लोकतन्त्रको आड़मा देशको शान्ति, अर्थव्यवस्था र लोकतान्त्रिक व्यवस्थालाई प्रभावित पार्ने राजनीतिक माहोल बनाउन खोजेको दाबी गरे। कांग्रेसले नोभेम्बर महिनाको कालो इतिहास लुकाउन नसक्ने र दिल्लीका व्यापारीहरूको पीड़ाको जवाबदेहिताबाट पनि उम्कन नसक्ने उनको भनाइ थियो।
भारत संविधान र जनताको जनादेशअनुसार चल्ने सशक्त लोकतन्त्र भएको उल्लेख गर्दै उनले दङ्गामा आधारित राजनीतिबाट देश सञ्चालन हुन नसक्ने बताए। उक्त महार्याली कांग्रेसको राजनीतिक पतनको अन्तिम कड़ी साबित हुने दाबी पनि उनले गरे।
हिन्दुस्थान समाचार / भवानी थामी