दिल्लीमा कांग्रेसको र्याली आज, रामलीला मैदानमा सहभागीहरू पुग्न थाले
दिल्ली के रामलीला मैदान में आज सुबह का नजारा। फोटो -  इंटरनेट मीडिया


दिल्ली के रामलीला मैदान में आज सुबह का नजारा। फोटो -  इंटरनेट मीडिया


नयाँ दिल्ली, 0१ नोभेम्बर (हि.स.)। दिल्लीको रामलीला मैदानमा आइतवार आयोजना हुने कांग्रेसको र्यालीमा सहभागी हुन मानिसहरू पुग्न थालेका छन्। र्यालीलाई ध्यानमा राख्दै पुलिसले सुरक्षा तथा भीड़ व्यवस्थापनको व्यापक तयारी गरेको छ।

मध्य दिल्लीका पुलिस उपायुक्त रोहित राजबीरले मानिसहरू रामलीला मैदान पुग्न थालेको र पुलिसले उनीहरूको सुविधाका साथै स्थानीय बासिन्दालाई कुनै असुविधा नहोस् भन्ने कुरामा ध्यान दिएको बताएका छन्। र्यालीस्थल र त्यहाँ पुग्ने मार्गमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन्।

पुलिस उपायुक्त अनुसार, क्षेत्रमा लगभग २५० वटा सीसीटीभी क्यामेरा जड़ान गरिएको छ। आयोजकहरूले पनि आफ्नै नियन्त्रण कक्ष स्थापना गरेका छन्। पुलिस र आयोजकबीच समन्वय गरी सुरक्षा सुनिश्चित गर्ने काम भइरहेको छ।

यसैबीच, मण्डी हाउस स्थित हिमाचल प्रदेश भवनमा ठूलो सङ्ख्यामा कांग्रेस कार्यकर्ता भेला भएका छन्। उनीहरू त्यहाँबाट रामलीला मैदानतर्फ प्रस्थान गरिरहेका छन्। उत्तर प्रदेश कांग्रेस समितिका सदस्य मोहम्मद इमरानले दिउँसोसम्म उत्तर प्रदेशका विभिन्न क्षेत्रबाट लगभग एक लाख मानिस दिल्ली पुग्ने सम्भावना रहेको बताएका छन्। र्यालीमा सहभागी हुन दिल्ली आएका कर्नाटक कांग्रेसका प्रवक्ता टीआर प्रसाद गौड़ा अनुसार, दक्षिण भारतीय राज्यहरूबाट पनि ठूलो सङ्ख्यामा मानिसहरू रामलीला मैदान पुगिरहेका छन्।

र्यालीलाई ध्यानमा राख्दै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेको निवासबाहिर पनि बिहानैदेखि चहलपहल बढ़ेको छ। त्यहाँबाट कांग्रेसका वरिष्ठ नेताहरू केही समयपछि रामलीला मैदानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

यसअघि दिल्लीका पुलिस युक्त अनुराग कुमार र विशेष पुलिस आयुक्त (कानुन तथा व्यवस्था) देवेश चन्द्र श्रीवास्तवले शनिवार दिउँसो रामलीला मैदान पुगेर सुरक्षा व्यवस्थाको निरीक्षण गरेका थिए।

इन्डिया गठबन्धनले र्यालीमा १० लाख मानिस सहभागी हुने दाबी गरेको छ भने गुप्तचर विभागबाट प्राप्त सूचनाका आधारमा दिल्ली पुलिसले लगभग ७० हजार मानिस सहभागी हुने अनुमान गरेको छ।

सुरक्षाका दृष्टिले दिल्ली पुलिसले रामलीला मैदानलाई १४ वटा क्षेत्रमा विभाजन गरेको छ। मैदानका प्रवेशद्वारमा धातु जाँच गर्ने उपकरण जड़ान गरिएको छ भने सुरक्षा र भीड़ व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाइएको छ। यसका साथै प्रमुख चोकहरूमा थप १५० जना ट्राफिक पुलिस परिचालन गरिने भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande