
नयाँ दिल्ली, १३ नोभेम्बर (हि.स.)। देशभर मौसममा भइरहेको परिवर्तनका कारण विभिन्न क्षेत्रमा तीव्र हावा सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। अर्कोतर्फ दिल्ली-एनसीआरमा दिनप्रतिदिन धुवाँ र कुहिरो बढ्ने अनुमान गरिएको छ। यसका साथै मध्य बंगालको खाड़ीमाथि बनेको न्यून चापीय क्षेत्र ‘चक्रवाती आँधी’मा परिणत भई अझ् तीव्र हुने प्रबल सम्भावना रहेको छ।
भारत मौसम विज्ञान विभाग (आईएमडी) अनुसार दिल्ली-एनसीआरमा शनिवार आंशिक बादल रहने सम्भावना छ। बिहान अधिकांश स्थानमा हल्का कुहिरो लाग्ने अनुमान गरिएको छ। यहाँको अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने सम्भावना छ।
आइतवार पनि बादल लाग्ने अनुमान गरिएको छ। बिहान धुम्म वातावरण रहनेछ भने दिउँसोअघि केही स्थानमा अत्यन्त हल्का वर्षा हुनसक्ने सम्भावना छ। यस दिन अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। सोमवार भने आकाश मुख्य रूपमा सफा रहने र बिहान हल्का कुहिरो लाग्ने सम्भावना छ।
आईएमडी अनुसार, दक्षिण-पूर्वी बंगालको खाड़ीमाथि बनेको न्यून चापीय क्षेत्र नोभेम्बर १४ मा स्पष्ट न्यून चापीय क्षेत्रमा परिणत हुनसक्छ। त्यसपछि यो उत्तर-उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै नोभेम्बर १६ को साँझतिर मध्य बंगालको खाड़ीमाथि ‘चक्रवाती आँधी’का रूपमा अझ् तीव्र हुने प्रबल सम्भावना रहेको छ। आइतवारदेखि उत्तर-पश्चिम भारतमा नयाँ पश्चिमी विक्षोभको प्रभाव शुरु हुने अनुमान गरिएको छ।
उत्तर-पश्चिम भारतका हिमाचल प्रदेश, उत्तराखण्ड तथा जम्मू-कश्मीर क्षेत्रमा आगामी दुई दिनसम्म हल्का वर्षा हुने सम्भावना छ। नोभेम्बर १४ मा हरियाणा, चण्डीगढ़, दिल्ली र पञ्जाबमा, नोभेम्बर १४ र १५ मा पश्चिमी राजस्थान तथा पश्चिमी उत्तर प्रदेशमा र नोभेम्बर १५ मा पूर्वी राजस्थानका केही स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना छ। नोभेम्बर १४ मा जम्मू-कश्मीर क्षेत्रमा तथा नोभेम्बर १४ र १५ मा पश्चिमी राजस्थानमा प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा तीव्र हावा चल्न सक्छ। नोभेम्बर १४ देखि १९ सम्म अण्डमान तथा निकोबार द्वीप समूहमा व्यापक वर्षा हुने तथा नोभेम्बर १४ देखि १६ सम्म भारी वर्षाको चेतावनी जारी गरिएको छ।
नोभेम्बर १८ र १९ मा गंगा नदीको मैदानी क्षेत्रमा पर्ने पश्चिम बंगाल तथा ओडिशाका केही स्थानमा वर्षा र ओडिशामा भारी वर्षा हुने सम्भावना छ। नोभेम्बर १४ देखि १७ सम्म अण्डमान तथा निकोबार द्वीप समूहमा मेघगर्जन सहित प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा तीव्र हावा चल्नसक्ने सम्भावना छ।
दक्षिणी प्रायद्वीपीय भारतका लक्षद्वीप, केरल, माहे, तमिलनाडु, पुडुचेरी, कराइकल तथा तटीय आन्ध्र प्रदेशका धेरै क्षेत्रमा नोभेम्बर १४ देखि १९ सम्म वर्षा हुने गतिविधि देखिनेछ। तमिलनाडु, पुडुचेरी र कराइकलमा आइतवार तथा नोभेम्बर १६ देखि १९ सम्म केरल र माहेमा व्यापक रूपमा भारी वर्षा हुने सम्भावना छ। यस बाहेक तटीय आन्ध्र प्रदेश र यानमका केही स्थानमा नोभेम्बर १८ र १९ मा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी