डाक सेवाको दुरुपयोग गर्ने प्रयास विफल, विदेशबाट आएको पार्सलबाट १०.८ किलो लागुऔषध जफत
राजस्व खुफिया निदेशालय (डीआरआई) द्वारा जब्त की गई यूरोपीय देश से आए एक डाक पार्सल से 10.8 किलोग्राम एम्फेटामिन।


नयाँ दिल्ली, १४ नोभेम्बर (हि.स.)। राजस्व खुफिया निदेशालय (डीआरआई) ले दिल्ली स्थित विदेशी डाक कार्यालयमा युरोपेली देशबाट आएको एउटा शङ्कास्पद डाक पार्सलबाट १०.८ किलोग्राम एम्फेटामिन नामक प्रतिबन्धित लागुऔषध जफत गरेको छ। डीआरआई अनुसार यस कारबाही मार्फत अन्तरराष्ट्रिय तस्करी गिरोहले वैध डाक सेवाको दुरुपयोग गर्ने प्रयासलाई विफल पारिएको छ।

केन्द्रिय वित्त मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार, डीआरआईका अधिकारीहरूले प्राप्त गरेको विशेष सूचनाका आधारमा उक्त शङ्कास्पद पार्सलको जाँच गरिएको थियो। उक्त पार्सल युरोपेली देशबाट आएको थियो र त्यसमा कपड़ा (क्लेरन) रहेको घोषणा गरिएको थियो। प्रारम्भिक जाँचका क्रममा बाकसभित्र सामान्य घरेलु कपड़ा भेटिएका थिए। तर, प्याकेजिङको सूक्ष्म जाँच गर्दा बाकसका चारैतिरका भित्ताभित्र दुई-दुईवटा प्लास्टिकका पोका लुकाइएको अवस्थामा फेला परे। यसरी कूल आठ वटा प्याकेट जफत गरियो। ती प्याकेटमा गुलाबी रङको धुलो पदार्थ थियो, जसको परीक्षण गर्दा एम्फेटामिन भएको पुष्टि भयो।

डीआरआईले स्वापक औषधि तथा मनःप्रभावी पदार्थ अधिनियम (एनडीपीएस), १९८५ का प्रावधान अनुसार सबै आठ वटा प्याकेट जफत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande