
नयाँ दिल्ली, १४ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले शनिवार बाल दिवसको अवसरमा राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा विभिन्न विद्यालय तथा संस्थाका बालबालिकाहरूसँग भेटघाट गरी उनीहरूसँग संवाद गरिन्। यस क्रममा उनले बालबालिकालाई आफ्ना सपना साकार पार्न प्रतिबद्धता, समर्पण र दृढ़ सङ्कल्पका साथ अगाड़ी बढ्न प्रोत्साहित गरिन्।
राष्ट्रपतिले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भेटघाटका तस्बिरहरू साझा गर्दै बाल दिवसको अवसरमा विभिन्न विद्यालय तथा संस्थाका बालबालिकाहरूसँग भेटघाट र कुराकानी गरेको जानकारी दिइन्। उनले बालबालिकालाई आफ्ना सपना पूरा गर्न प्रतिबद्धता, लगनशीलता र दृढ़ सङ्कल्पका साथ प्रयास गर्न सन्देश दिइन्।
राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आयोजित उक्त भेटघाटका क्रममा बालबालिकाहरूले उत्साहपूर्वक राष्ट्रपतिसँग भेट गरे। यस अवसरमा राष्ट्रपतिले बालबालिकाहरूसँग आत्मीयतापूर्वक संवाद गर्दै जीवनमा आफ्ना लक्ष्य हासिल गर्न निरन्तर प्रयास गरिरहन प्रेरणा दिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी