
नयाँ दिल्ली, १४ नोभेम्बर (हि.स.)। छठ पर्वका क्रममा यात्रुहरूको अतिरिक्त भीड़लाई ध्यानमा राख्दै उत्तर रेलवेले दिल्ली क्षेत्रका प्रमुख रेलवे स्टेशनहरूमा विशेष व्यवस्था गरेको छ। यात्रुहरू, विशेषगरी बिहार तथा देशको पूर्वी भागबाट आउने मानिसहरूको सुविधाका लागि विशेष रेलगाड़ीहरू सञ्चालन गरिँदै छन्।
उत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारी हिमांशु शेखर उपाध्यायले शनिवार जानकारी दिँदै १३ नोभेम्बरमा दिल्ली क्षेत्रबाट कूल २६ वटा विशेष रेलगाड़ी र एउटा अनिर्धारित रेलगाड़ी सञ्चालन गरिएको बताए। यसमा नयाँ दिल्लीबाट ११, आनन्द विहारबाट सात, शकूरबस्तीबाट पाँच, हजरत निजामुद्दिनबाट एक, दिल्ली जङ्क्सनबाट एक र रोहतकबाट एउटा विशेष रेलगाड़ी समावेश छन्। उक्त दिन यात्रुहरूको भीड़ र मागअनुसार एउटा अतिरिक्त अनारक्षित विशेष रेलगाड़ी पनि सञ्चालन गरियो।
उपाध्यायले १४ नोभेम्बरमा दिल्ली क्षेत्रका प्रमुख रेलवे स्टेशनहरूबाट २७ वटा विशेष रेलगाड़ी सञ्चालन गर्ने प्रस्ताव रहेको बताए। यसमा नयाँ दिल्लीबाट नौ, आनन्द विहारबाट पाँच, शकूरबस्तीबाट सात, हजरत निजामुद्दिनबाट तीन, दिल्ली जङ्क्सनबाट दुई र रोहतकबाट एउटा विशेष रेलगाड़ी समावेश छन्। यस दिन पनि यात्रुहरूको भीड़ र मागअनुसार थप अनारक्षित विशेष रेलगाड़ीहरू सञ्चालन गरिनेछन्।
उनले १५ नोभेम्बरमा दिल्ली क्षेत्रका प्रमुख रेलवे स्टेशनहरूबाट २२ वटा विशेष रेलगाड़ी सञ्चालन गर्ने प्रस्ताव रहेको जानकारी दिए। यसमा नयाँ दिल्लीबाट सात, आनन्द विहारबाट सात, शकूरबस्तीबाट दुई, हजरत निजामुद्दिनबाट तीन, दिल्ली जङ्क्सनबाट दुई र रोहतकबाट एउटा विशेष रेलगाड़ी समावेश छन्। यस दिन पनि यात्रुहरूको भीड़ र मागअनुसार थप अनारक्षित विशेष रेलगाड़ीहरू सञ्चालन गरिने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी