चेन्नईको कारखानाबाट ५० किलो स्युडोएफेड्रिन जफत, बाबुछोरा सहित तीन जना पक्राउ
चेन्नईको कारखानाबाट ५० किलो स्युडोएफेड्रिन जफत, बाबुछोरा सहित तीन जना पक्राउ


चेन्नई, १४ नोभेम्बर (हि.स.)। चेन्नईमा प्लास्टिकका बोतल र डिब्बा उत्पादन गर्ने एउटा कारखानाबाट लुकाएर राखिएको ५० किलोग्राम स्युडोएफेड्रिन रसायन जफत गरिएको छ। अन्तरराष्ट्रिय बजारमा यसको मूल्य लगभग एक करोड़ रुपियाँ आकलन गरिएको छ। लागुऔषध उत्पादनमा प्रयोग हुने उक्त रसायनको तस्करी गरेको आरोपमा बाबुछोरा सहित तीन जनालाई पक्राउ गरिएको छ।

नार्कोटिक्स कन्ट्रोल विभागलाई चेन्नईको एमकेबी नगर स्थित अन्नई इन्दिरा नगरमा सञ्चालित एउटा कारखानामा लागुऔषध बनाउन प्रयोग गरिने स्युडोएफेड्रिन रसायन लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा विभागका अधिकारीहरूले १३ नोभेम्बरको राति कारखानामा छापा मारेका थिए। यस क्रममा दुई वटा बोरामा लगभग २५–२५ किलोग्रामका दरले कूल ५० किलोग्राम रसायन जफत भयो। अधिकारीहरूले उक्त रसायन जफत गर्नुका साथै तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरे। पक्राउ पर्नेहरूमा बाबु र छोरा पनि रहेका छन्।

अधिकारीहरू अनुसार, प्रारम्भिक अनुसन्धानमा उक्त रसायन हैदराबादबाट चेन्नई ल्याइएको खुलेको छ। यसको प्रयोग अवैध रूपमा लागुऔषध तयार गरी विदेशमा निर्यात गर्ने योजना रहेको थियो। अनुसन्धानका क्रममा चेन्नईलाई केन्द्र बनाएर सक्रिय अन्तरराष्ट्रिय तस्करी गिरोहले एफेड्रिन र स्युडोएफेड्रिन जस्ता रसायनहरू अस्ट्रेलिया, न्युजिल्यान्ड लगायत अन्य देशमा तस्करी गर्दै आएको पनि खुलेको छ।

अधिकारीहरूले पक्रा परेका तीनै जना आरोपीको भूमिका, रसायनको वास्तविक स्रोत, कुन देशमा पठाउने योजना थियो तथा यस मामिलामा सक्रिय घरेलु र अन्तरराष्ट्रिय तस्करी गिरोहहरूको सञ्जालबारे अनुसन्धान गरिरहेका छन्।

नार्कोटिक्स कन्ट्रोल विभागले लागुऔषध तस्करी गर्ने गिरोहहरूलाई समाप्त पार्न तथा लागुऔषध उत्पादनमा प्रयोग हुने रासायनिक कच्चा पदार्थको अवैध प्रयोग रोक्न कारबाही जारी रहने जनाएको छ। विभागले सर्वसाधारणलाई लागुऔषध तस्करी सम्बन्धी कुनै पनि जानकारी राष्ट्रिय नार्कोटिक्स निरोधक हेल्पलाइन नम्बर १९३३ मा उपलब्ध गराउन अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande