
- भगवान बिरसा मुण्डाको साहस, सङ्घर्ष र बलिदानलाई प्रधानमन्त्रीद्वारा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण
राँची, १५ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्ड स्थापना दिवस तथा भगवान बिरसा मुण्डाको जयन्ती (जनजातिय गौरव दिवस) को अवसरमा देशवासीलाई शुभकामना दिएका छन्। उनले धरती आबा भगवान बिरसा मुण्डाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको अदम्य साहस, सङ्घर्ष र राष्ट्रप्रतिको बलिदानलाई स्मरण गरेका छन्।
प्रधानमन्त्रीले आइतवार सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत दिएको सन्देशमा भगवान बिरसा मुण्डाको अदम्य साहस, सङ्घर्ष र देशका लागि दिएको बलिदानले प्रत्येक पुस्तालाई आत्मसम्मान, स्वतन्त्रता तथा आफ्नो अधिकारको रक्षाका लागि सदैव प्रेरित गरिरहने बताएका छन्।
उनले भगवान बिरसा मुण्डाबाट प्रेरणा लिएर केन्द्र सरकारले देशका सम्पूर्ण जनजातिय दाजुभाइ तथा दिदी-बहिनीहरूको सम्मान, उनीहरूलाई अगाड़ी बढ्ने अवसर उपलब्ध गराउन तथा उनीहरूको समृद्धि सुनिश्चित गर्न पूर्ण निष्ठाका साथ काम गरिरहेको बताएका छन्। यस दिशामा विकासका सम्भव भएसम्मका सबै प्रयासहरू गरिँदैछन्, जसबाट जनजातिय समाज अझ् सशक्त बन्न सकोस्।
यस विशेष अवसरमा प्रधानमन्त्रीले देशवासीलाई एकजुट भएर राष्ट्र निर्माणमा जनजातिय समाजको अमूल्य योगदानलाई स्मरण गर्न तथा त्यसप्रति सम्मान व्यक्त गर्न आह्वान गरेका छन्।
/ बिशाल