
पुणे, १६ नोभेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले आफ्नो दुईदिने पुणे भ्रमणको दोस्रो दिन सोमवार स्वर्गीय अजित पवारको प्रतिमाको अनावरण गरे।
पुणे जिल्ला परिषद्को पहिलो तलामा आयोजित कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे लगायत राष्ट्रवादी कांग्रेस पार्टीका कैयौँ वरिष्ठ नेता तथा मन्त्रीहरू सहभागी भए।
समारोहका क्रममा पुणे जिल्ला परिषद्को मुख्य प्रवेशद्वारको नाम पनि अजित पवारको नाममा राखियो। यस कार्यक्रममा राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवार पनि सहभागी हुने कार्यक्रम थियो, तर उनी समारोहमा उपस्थित हुन सकेनन्। उनको स्थानमा सांसद सुप्रिया सुलेले कार्यक्रममा सहभागिता जनाइन्।
अजित पवारप्रति श्रद्धाञ्जली अर्पण गर्न नेहरू मेमोरियल हलमा संक्षिप्त सभाको आयोजना गरियो। यस अवसरमा उपस्थित नेता तथा जनप्रतिनिधिहरूले दिवङ्गत नेताको योगदानको स्मरण गरे। यो कार्यक्रमलाई श्रद्धाञ्जली समारोहका रूपमा मात्र नभई महाराष्ट्रको राजनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी