कुलगाम जिल्लामा सुरक्षाकर्मी र आतङ्ककारीबीच भिड़न्तमा दुई आतङ्ककारी मारिए
कुलगाम जिल्लामा सुरक्षाकर्मी र आतङ्ककारीबीच भिड़न्तमा दुई आतङ्ककारी मारिए


कुलगाम, १६ नोभेम्बर (हि.स.)। दक्षिण कश्मीरको कुलगाम जिल्लामा सोमवार पुलिस तथा सुरक्षाकर्मीसँग भएको भिड़न्तमा दुई आतङ्ककारी मारिएका छन्। जिल्लाको मीर बजार क्षेत्रमा गत साता सीआरपीएफ चौकीमा आतङ्कवादीहरूले गरेको गोलीबारीमा तीन जना जवान घाइते भएको केही दिनपछि यो भिड़न्त भएको हो।

कश्मीर जोन पुलिसले आज बिहान दिएको जानकारी अनुसार, गत साता सीआरपीएफ नाकामा भएको आक्रमणपछि ठूलो स्तरमा अभियान सञ्चालन भइरहेको थियो। उक्त आक्रमणमा तीन जना जवान घाइते भएका थिए। कुलगाममा आतङ्कवादीहरूको उपस्थिति रहेको सूचना पाएपछि जम्मू-कश्मीर पुलिस र सुरक्षाकर्मीहरूले जिल्लाको लारू क्षेत्रमा घेराबन्दी गरेका थिए। त्यसपछि भिडन्त शुरु भएको थियो। सम्पूर्ण क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेराबन्दी गरेका छन्।

उनीहरू अनुसार, प्रारम्भिक गोलीबारीमा एक स्थानीय सहित दुई जना आतङ्कवादी मारिएका छन्। उनीहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताइएको छ। दक्षिण कश्मीरको लारू, कुलगाममा पुलिस तथा अन्य सुरक्षा बलसँग भएको भिड़न्तमा मारिएका आतङ्कवादीमध्ये एक जना लश्कर-ए-तैयबाको कमान्डर लतीफ भट पनि रहेको आशङ्का गरिएको छ। यद्यपि, यसबारे अहिलेसम्म पुष्टि भएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande