असममा छठ महापर्व श्रद्धा एवं उल्लासको साथमा मनाइयो, उदाउँदो सूर्यलाई अर्घ्यसितै सम्पन्न भयोचार दिवसीय अनुष्ठान
ষট পূজা


-गुवाहाटी सहित राज्यका विभिन्न जिल्लामा देखियो उत्साह, ब्रह्मपुत्रको किनारमा सजाइयो आकर्षक छठ घाट

गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। देशका अन्य भागहरूमा जस्तै असममा पनि सोमवार लोक आस्थाको महान पर्व छठ धूमधामले मनाइयो। कार्तिक शुक्ल सप्तमीको अवसरमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरे। यसको साथै चार दिवसीय छठ पूजा सम्पन्न भयो। गुवाहाटी, तिनसुकिया, धुबड़ी, नगाउँ, मोरीगाउँ, सोनितपुर तथा कोकराझार लगायत राज्यका विभिन्न भागमा श्रद्धालुहरूले पूर्ण जोश र भक्तिका साथमा यो पर्व मनाए।

राजधानी गुवाहाटीमा छठ पूजालाई लिएर विशेष उत्साह देखियो। सूर्यपासनाको यस महापर्वमा ठूलो सङ्ख्यामा हिन्दी भाषी परिवारहरूले भाग लिए। गत13 नोभेम्बरदेखि शुरु भएको चार दिवसीय अनुष्ठानको अन्तिम दिन सोमवार बिहान भक्तहरूले उदाउँदो सूर्यलाई अर्घ्य चढाएर परिवारको सुख, समृद्धि एवं कल्याणको कामना गरे। त्यसपछि उनीहरूले 36 घण्टाको उपवास पूरा गरे।

छठ पूजाको लागि महानगरका विभिन्न जलश्रोतहरूको किनारमा विशेष घाट बनाइएको थियो। ब्रह्मपुत्र नदीको तटमा पनि श्रद्धालुहरूले आकर्षक ढङ्गमा घाटहरूलाई सजाइएको थियो। शुक्लेश्वर घाटदेखि फैन्सी बाजार, काचमारी घाट औ भरलुमुखसम्म नदीका किनारहरूमा छठ पूजाको विशेष व्यवस्था गरिएको थियो। यस अतिरिक्त गुवाहाटीको आजारादेखि सूनचालीसम्म ब्रह्मपुत्रका विभिन्न तटहरूमा पनि व्रतालुहरूको लागि घाट तयार गरिएको थियो।

पाण्डु, मालीगाउँ, कालीपुर, सुआलकुची, ज्योतिकुची, वशिष्ठ आश्रम र मीन सरोवर लगायत महानगरका विभिन्न जलाशय अनि पोखरीहरूमा पनि छठ पूजा मनाइयो। बिहान अर्घ्य दिने समयमा घाटहरूमा भक्तहरूको भीड़ उर्लियो अनि छठ गीत र सूर्य पूजाले सम्पूर्ण वातावरण भक्तिमय बन्यो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande